• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

चर्चामा आउनलार्इ रकम दुरुपयोग गर्दै राेल्पामा गाउँपालिका प्रमुख


माघ २७, राेल्पा । 

नयाँ संबिधान अनुरुप, देशमा पनि नयाँ संरचना बन्यो । स्थानीय तह बनेपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्ने नागरिकको बिस्वास थियो । स्थानीय तहमा थरी थरीका जनप्रतिनिधि पनि चुनिए ।

गाडी नपाएको भन्दै बैँठक चल्न पनि नदिने, कार्यालयका कर्माचारी कुटपिट गर्ने देखि श्रीमतीको नामबाट स्थानीय तहको नामाकरण गर्ने प्रस्ताब ल्याउने पनि हाम्रै देशका प्रतिनिधिहरु देखिएका छन् ।

रोल्पा जिल्ला जहाँ माओबादीको जन्म भुमि हो । त्यहाँ माओबादीबाटै प्रतिनिधित्ब गरेका देशकै विवादित स्थानीय सरकार प्रमुख पनि छन । सुकिदह गाउँपालिका जिल्लाकै विकट गाउँपालिकामा पर्दछ । जनप्रतिनिधि आएपछि गाउँपालिकाले मुहार परिवर्तनको बिस्वास गरेपनि अहिले सुकिदह गाउँपालिका अध्यक्ष बिर बहादुर केसीले जन बिरोधि काम बाहेक अरु नगरेको स्थानीयले आरोप लगाएका छन् ।

जग्गा किनेर गाउँपालिका केन्द्र सार्ने प्रस्ताब ल्याएका यीनै बिर बहादुर केसीले श्रीमतीको नामबाट गाउँपालिको नाम राख्ने प्रस्ताब ल्याएका थिए ।  उपप्रमुख संग बिबाद हुदा जाँड खाएर कार्यालय तोडफोड गर्ने देखि २ अाेटा नामका २ अाेटा नागरिकता भएकाे उनलार्इ अाराेप लागेकाे छ ।  उहिले उनलार्इ जिल्ला प्रशासन कार्यालय राेल्पामा २ अाेटा नागरीकता भएकाे भन्दै उजुरी परेकाे छ । मुद्दामा अनुसन्धान भैरहेको प्रशासनले बताएकाे छ ।

के हो बिर बहादुरको नयाँ काण्ड

उनले अहिले सम्म गाउँपालिको रकम आफु चर्चा हुने प्रयोजनमा मात्रै प्रयोग गरिरहेका छन । आफु चर्चामा आईन्छ भन्ने मनसायले विद्यायल स्तरीय अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता र वडा स्तरीय रनिङ सिल्ड प्रतियोगिता कार्यक्रमको नाममा गाउँपालिकाको बजेट दुरुपयोग गरिरहेको सुकिदह गाउँपालिका प्रतिनिधिहरुले आरोप लगाए । उनको रकम दुरुपयोग गर्ने कार्य प्रति कोहि पनि सन्तुष्टी छैनन ।

प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार