• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

काठमाडौंको माइतिघर मण्डलामा विद्यार्थीहरुले आन्दोलन गरे


 माघ २८, काठमाडौं । 

CSIT विद्यार्थीका समस्याहरुको समाधानका लागि सम्पुर्ण CSIT विद्यार्थीहरुले हिजो माइतिघर मण्डलामा साङ्केतिक बिरोध आन्दोलन शान्तिपुर्ण तरिकाले सम्पन्न गरेका छन ।

माइतिघर मण्डलामा शनिवार बिहान ८ बजे देखि १० बजे सम्म सन्चालन भएको बृहत शान्तिपुर्ण आन्दोलनमा कुनै पनि संघसंगठनहरुको प्रत्यक्ष सहभागि नभएको तर अप्रत्यक्ष रुपमा साथ रहेको आन्दोलनका प्रवक्ता ॐ प्रकाश ठाकुरले जनाकरी गराए ।

कार्यक्रमको संचालक आन्दोलनका सम्योजक विकास अर्यालले गरेका थिए भने बिद्यार्थी नेताहरुका तर्फ बाट राष्ट्रवादी बिद्यार्थी संघका केन्द्रिय अद्द्यक्ष ताराप्रसाद अर्याल, सुदिप पौडेल , प्रतीक पौडेल , ब्यवस्थापक शिशिर श्रेष्ठ , ॐ प्रकाश ठाकुर, बनेपाका बिकास अधिकारी, मदन पन्थी, SACS बाट कल्याण डाङ्गि लगायतले आफ्नो मन्तव्य दिएका थिए ।

CSIT विद्यार्थीहरुको बृहत् शान्तिपुर्ण आन्दोलनका प्रमुख चार मागहरुमा परिक्षा समयमै सन्चालन गरिनुपर्ने, नतिजा १ महिनामै प्रकाशन गरिनुपर्ने ,१५०% ले बढेको परिक्षा शुल्क तत्कालै खारेज गरिनुपर्ने , र Back-Exam को छुट्टै ब्यबस्था गरिनु पर्ने छन ।

त्रिभुवन बिश्वबिद्धालयलाई ३ दिनको अल्टिमेटम दिइएको र यदि मागहरु सम्बोधन नभएमा आन्दोलन चर्काउदै लगिने पनि प्रवक्ता ॐ प्रकाश ठाकुर ले जानकारी गराए ।

आन्दोलनमा बिभिन्न भिन्न सि.एस.आई.टि कलेजहरुबाट प्रतीनिधी आएका थिए भने सि.एस.आई.टिका भिभिन्न समस्याहरुका समाधानका विषयहरुमा चर्को नारा जुलुस लगाइएको थियो ।

बिज्ञान प्रविधी संस्थान अध्ययन (Institute of Science and Technology, Tribhuwan University) मा यस विषयमा वार्ता गरिने सम्पुर्ण बि.एस.सि.सि.एस.आई.टि(Bsc.csit) का विधार्थीहरुलाई फेरि हुने अन्दोलनको महाअभियानमा आएर सहभागी भइदिन मदन भण्डारी कलेजका प्रतीनिधी शिशिर श्रेष्ठले अनुरोध समेत गरे । अब हुने अन्दोलन कहिले हुने भनेर तोकिएको छैन तर फाल्गुण ८ भित्रै हुने समेत श्रेष्ठले जानाकारी दिए ।

आन्दोलनमा २५ कलेजहरुका ६०० भन्दा बढी विद्यार्थीहरु आएका थिए भने ५० भन्दा नेपालको राष्ट्रीय झान्डा सहित प्ले कार्ड बाट आफ्ना समस्याहरु व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : २०७४ माघ २८ गते आइतवार