• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

राेल्पाकाे सुकिदहमा गठन भयाे ‘निजीश्रोत शिक्षक संघर्ष समिति’


लेकाली अनलाइन
माघ २८, रोल्पा ।

रोल्पा सुकिदह गाउपालिकामा निजिश्रोत शिक्षक संघर्ष समिति गठन गरिएकाे छ ।

सनिवार सुकिदहमा गठन भएकाे  ११ सदस्यीय संघर्ष समितिकाे अध्यक्षमा कुमार वि.क.लार्इ चयन गरिएकाे छ । जसकाे उपाध्यक्षमा कृष्ण बहादुर वली, सचिव बिमल कुमार के सी, सहसचिव दिपा बुढा, काेषाअध्यक्ष  मोहन वली रहेका छन् ।

सदस्यहरुमा माेहन सिङ डागी, दिपेन्द्र प्रकाश वली, रमेश वलि, भुपेन्द्र वलि, रनबहदुर पुन,  लक्ष्मी केसी, तोपबहादुर केसी, झुपलाल विक रहेका छन् ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथिको रुपम बोल्दै रोल्पा जिल्ला शिक्षक महासंघका अर्थ सचिव रमेश प्रकाश मल्लले निजि श्रोत शिक्षक को संघर्ष लाई पुर्न सहयोग गर्ने बताएका छन् । उनले निजिश्रोतका शिक्षकहरुलार्इ अपमान भएको भन्दै यसकाेलागि संघर्ष गर्नुपर्ने बताएका छन् । यदि आफ्ना मागहरु नउठाउने हाे भने कसैले समाधान नग्रदिने समेत उनले बताएका छन् ।  कार्यक्रममा बाेल्ने सबै वक्ताहरुले निजिस्रोत शिक्षकलाई अरु शिक्षक सरह सुबिधा हुनुपर्ने बताएका छन् ।

कार्यक्रमको सभापती पुर्नबहादुर विक र कृष्ण वलीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन बिमल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ २८ गते आइतवार