• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

माेरङमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, पानीमा डुबेर एककाे मृत्यु


माघ २८, मोरङ ।

मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

पानिमा डुबेर मृत्यु
मोरङको रंगेली नगरपालिकामा शनिबार एक महिलाको पानिमा डुबेर मृत्यु भएको छ । रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७४ माघ २८ गते आइतवार