जंग बहादुर रेउले
माघ २८, घोराही ।
नेत्र विक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी विद्यार्थीको राष्ट्रिय सम्मेलन दाङको घोराहीमा हुने भएको छ ।
अखिल क्रान्तिकारी राप्ती क्षेत्रीय समन्वय समितिले आइतबार घोराहीमा नेपाल पत्रकार महासंघको हलमा पत्रकार संम्मेलन गरेर यस्तो जानकारी दिएको हो । संगठनका केन्द्रिय सदस्य तथा राप्ती क्षेत्रिय समन्वय समितिका संयोजन नरेन्द्र वि.क. ले यही फागुन २७ गतेदेखि ३० गते सम्म चल्ले राष्ट्रिय सम्मेलनको बारेमा प्रकाश पार्दै जनवादी शिक्षा लाई रुपान्तर गरी बैज्ञानीक समावाद निर्माणको लागि अघि बढेको बताए ।
उनले भने –“हामी अरु विद्यार्थी संगठन भन्दा राजनीतिक र बैचारिक रुपमा पृथक जानकारी दिए । विद्यार्थी संगठन भनेको समाज रुपान्तरको लागि हो । ” विद्यार्थीको २१ औं राष्ट्रिय सम्मेलनमा २५० जना प्रतिनिधि सहभागि हुने भएको उनको भनाई थियो । “सम्मेलनमा जिल्लामा विद्यार्थीको संख्याको अनुपातका आधारमा क र ख वर्ग छुट्याइएको छ । ”उनले भने जसमा क वर्ग अन्तर्गत ४ जना र ख वर्ग अन्तर्गत २ जना प्रतिनिधि सहभागि हुने भएका छन् ।
दाङ जिल्लाका विद्यार्थीको हक र अधिकारको निम्ती सदैब अगाडि बढेको र सिटिईभिटिईबाट सञ्चालित विद्यालयहरुले मनोमानित ढंगले शुल्क निर्धारण गरेका त्यस्ता विद्यालयलाई कारबाही गरी शुल्क फिर्ता साथै विद्यार्थीलाई पठनपाठनको लागि समेत व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।
त्यस्तै राप्ती क्षेत्रिय समन्वय समितिका सचिव हेमन्द जिसीले प्रेस विज्ञप्ती प्रकाश पार्दै हाम्रो संगठनको नाम लिई विभिन्न खालेका अरानीतिक र अपराधिक क्रियाकलाप गर्दै आएको बताए । र, त्यस्तो क्रियाकपाल गर्ने व्यक्ति सुझा दिने र नटेर गरेमा संगठनले जस्तोसुकै कारबाही पनि गर्न सक्ने जानकारी दिएका थिए ।
विद्यार्थीको चौथो पूर्ण बैठक सम्पन्न
संगठनका केन्द्रिय सचिवालय सदस्य तथा राप्ती संयोजक नरेन्द्र वि.क.को अध्यक्षता एव्. पार्टीको स्थायी समितिका सदस्य विषमको प्रमुख आतिथ्यतामा तथा पार्टीको राप्ती व्युरो इञ्चार्ज सुवास, केन्द्रिय सदस्यद्धय सितल, अटल, दाङ इञ्चार्ज सचिव पोख्रेल र दाङका सेक्रेटरी विक्रमको उपस्थितिमा शनिबार अखिल क्रान्तिकारी क्षेत्रिय समन्वय समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकले ६ बुढे निर्णय सार्वजनिक गरेको छ ।
६ बुढे निर्णय सार्वजनिक
उक्त बैठकले ६ बुढे निर्णय सार्वजनिक गरेको छ । जसमा फागुन २७ –३० समम दाङमा “बैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१ औं राष्ट्रिय सम्मेलन” भन्ने मुल नाराका साथ ऐतिहासिक बनाउने, राष्ट्रिय सम्मेलन भन्दा अगाडि यस क्षेत्रका जिल्ला सम्मेलन सम्पन्न गर्ने, २३ आंंै महान जनयुद्ध दिवस,सहिद सप्ताह, बलिदान दिवस, बिनोद अधिकारी स्मृति दिवस मनाउँने , संगठनका नाममा कलेजका संचालकहरुलाई ज्यान मार्र्ने धम्की, चन्दा आतंक मच्चाउने माओवादी केन्द्र निकट वाइसियल रुकुम त्रिवेणी गाउँपालिकाका सचिव दिनेश खड्का लाई त्यस्तो गतिविधि नगर्न सचेत गराउँने र नसच्चाय कडा कारबाही गर्ने समेत चेतावानी दिने निर्णहरु संगठनले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।