• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा एउटा नामबाट उद्घाटन गर्न लागिएकाे संस्थाकाे अर्काे नाम परिवर्तन भयाे


लेकाली अनलाइन
मा३ २९, सल्यान ।

सल्यानमा एउटा नामबाट संचालन गरी उद्घाटन गर्न लागिएकाे संस्थाकाे नाम अर्काे परिवर्तन भएकाे छ ।

जिल्लाकाे बागचौर नगरपालिका वडा नम्बर २ थारमारेमा रहेको नेपाल सगरमाथा ईन्स्टिच्युट प्रा. लि.काे नाम परिवर्तन भएकाे हाे । अाउँदाे फागुन ५ गते सगरमाथा ईन्स्टिच्युट प्रा. लि.काे नामबाट उद्घाटन गर्ने भनिएकाे संस्थाकाे नाम कम्पनी रजिस्ट्रारको कार्यालयबाट परिवर्तन गरि बाग्चौर ईन्स्टिच्युट प्रा.लि. राखिएकाे संचालक शिव भण्डारी प्रसुनले जानकारी दिएका छन् ।  पहिलेकाे नामबाटै सबै कार्यालयहरुमा उद्घाटन कार्यक्रममा उपस्थितकाे लागी पत्र पठाएकाे उक्त संस्थाले अब संस्थाकाे नयाँ नाममा साेहि दिन अाउन अाग्रह गरेकाे छ ।

संचालक भण्डारीले भने-” फागुन ५ गते संस्था उद्घाटन गर्ने भनेर पुरानाे नामबाट सबैलार्इ पत्र पठाइएकाे छ तर सबैकाे सल्लाह सुझाव अनुसार अहिले संस्थाको नाम कम्पनी रजिस्ट्रारको कार्यालयबाट परिवर्तन गरि बाग्चौर ईन्स्टिच्युट प्रा. लि. राखिएकाे छ । बागचौर नगरपालिका भित्र रहेका विद्यालयहरुलार्इ उद्घाटन समारोह कार्यक्रममा उपस्थिति को लागि नेपाल सगरमाथा ईन्स्टिच्युट प्रालिको नाम बाट पत्र पेस गरिएको थियाे।”

अब बागचौर ईन्स्टिच्युट प्रालिको उद्घाटन कार्यक्रममा पहिलेकै नामबाट पत्र पाएकाहरु फागुन ५ गते थारमारेमा अाइदिन संचालक भण्डारीले अाग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार