• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यान अस्पतालमा जीन एक्स पर्ट मेशिन सञ्चालन ! सांसद बस्नेत भन्छन् राज्यले दियाे, जनताले लिएनन्


सरिता चलाउने
माघ २९, सल्यान ।
जिल्ला अस्पताल सल्यानमा पहिलो पटक जीन एक्स पर्ट मेशिन सञ्चालनमा आएको छ ।

बि एन एम टि नेपालको सहयोग र ब्यवस्थापनमा राष्टिय क्षयरोग केन्द्रले जिल्ला स्वास्थ्य कार्यलय सल्यानमा मेसिन सञ्चालनमा ल्याएको हो । मेसिनको पुर्ब सामान्य मन्त्री तथा प्रतिनिधि सभा सल्यानका सदस्य टेक बहादुर बस्नेतद्धारा एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

क्षय रोग बाट पिडीत भएका बिरामीहरुलाई पहुचमा ल्याउने उदेश्यले जिल्लामा पहिलो पटक मेसिन सञ्चालमा आएको छ । मेसिन सञ्जालमा आए पछि सल्यान जिल्ला लाई मात्र नभएर छिमेकि जिल्ला रोल्पा, रुकुम, जाजरको र सुर्खेत जिल्लाका जनतालाई समेत सेवा दिन सफल हुने जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

मेसिन सञ्चालन भए सँगै क्षयरोग (टिभि) का बिरामीहरुलाई समयमै रोगको निदान गर्न सहयोग पुग्ने बताईएको छ । जीन एक्स पर्ट मेशिनले टिभि रोगका बिरामलाई औषधीले कतिको प्रभाव पा¥यो, किटाणुहरु कतिको सक्रिय या निस्क्रीय भएका छन भनेर पत्ता लागाउनमा समेत सहयोग पुग्ने बि एन एम टि नेपालका कार्यक्रम संयोजक गंगाराम बुढाथोकीले बताए ।

उनले गाउँघरमा लुकेका क्षयरोगका बिरामी धेरै रहेकोले र यस्ता बिरामीहरुलाई सेवा दिनु पर्छ भन्ने उदेश्यले जीन एक्स पर्ट मेशिन सञ्चालनमा ल्याउन सफल भएको बताए । बि एन एम टि नेपालले बिगत ५० बर्ष देखि स्वास्थ्य क्षेत्रमा काम गदै आईरहेको छ । क्षयरोग धेरै पुरानो रोग भए पनि अझै सम्म समस्याको रुपमा देखा परेको राष्टिय क्षयरोग केन्द्रका प्रयोगशाला प्रमुख गोर्कण घिमेरेले बताए ।

उनले धेरै मात्रामा किटाणु भए पनि एक्स पर्ट मेशिनले सहयोग गर्ने बताए । जीन एक्स पर्ट मेशिनले परिक्षण गरेको दुई घन्टामै रोग पत्ता लाग्ने र प्रभाबकारी हुने घिमेरेले बताए ।

नेपालमा बर्षेनी ४४ हजार क्षयरोगका बिरामी देखा पर्ने गरेका छन । सल्यान जिल्लामा यो बर्ष हाल सम्म ६६ जना क्षयरोगको बिरामीहरुले उपचार लिईरहेका छन । जस मध्य २७ जना खकार पोजेटिभ, १३ जना खकार नेगेटिभ र २६ जना फोक्सोमा लाग्ने बिरामीहरुले उपचार गराईरहेको क्षयरोग कुष्ठरोग अधिकृत लक्ष्मन केसिले बताए ।

गत साल २ सय जना क्षयरोगका बिरामीहरु पत्ता लागेका थिए । जस मध्य ९४ जना खकार पोजेटिभ, ३७ जना खकार नेगेटिभ र अन्य ६९ जनामा क्षयरोग पाईको केसिले बताउनु भयो । ८९ प्रतिशत उपचारमा सफलता मिलेको थियो । जिल्लामा अहिले क्षयरोगका बिरामीको उपचार सल्यान जिल्लाका बिभिन्न स्वास्थ्य सस्थाहरु बाट भैरहेको केसिले बताए ।

क्षयरोगका बिरामीहरुले बेलैमा उपचार गरी नियमित रुपमा औषधी खाएमा रोग निको हुने उनले बताए ।

राज्यले उपल्बध गराएको सेवा अझै जनताले प्राप्त गरेनन 
पुर्ब सामान्य प्रशासन मन्त्री तथा सल्यान प्रतिनिधि सभा सद्स्य टेक बहादुर बस्नेतले राज्यले उपल्बध गराएको सेवा अझै पनि जनताले प्राप्त गर्न नसकेको बताएका छन् ।

अाइतबार जिल्ला अस्पताल सल्यानमा जीन एक्स पर्ट मेशिनको उद्घाटन गर्दै उनले एउटाले मात्र सोचेर सबै कुरा पुरा नहुने भैन्दै सबैले सबै क्षेत्रमा सोच्नु पर्ने बताएका छन् । स्वास्थ्य र कृर्षि क्षेत्रमा जनताको पहुच अझै नपुगेको बस्नेतको भनाई रहेको छ । उनले जिल्ला अस्पताल सल्यान लाई १५ सैया बाट ५० सैयमा लिनको लागी अब मुर्त रुप लिने भन्दै यसको लागी आफु प्रतिबद्ध रहेको बताए ।

यस्तै शारदा नगरपालीकाका प्रमुख शुरेस अधिकारीले जीन एक्स पर्ट मेशिनले शारदा जिल्लाका नागरीकलाई मात्र नभएर छिमेकी जिल्लाका नागरीले पनि सेवा पाउने बताए । मेसिनलाई बिग्रन नदिनको लागी सधै शारदा नगरपालीका प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममै उपस्थित नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले स्वास्थ्यमा भैरहेका सेवाहरु सञ्चार माध्याममा पनि जानकारी दिने बताए । सेवा बिस्तारका भएका लागी पहल सञ्चार माध्याममा बाट प्रशारण गरेर जनता सामु पु¥याउने बताए ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख अर्जुन बुढाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार