• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

बिहेकै रात बच्चा जन्मिएपछि…


माघ २९, सिराह ।

सिराहा सुखिपुर नगरपालिका ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर त्यही रात दुलहीले बच्चा जन्माएपछि उनी लाजले घरबाहिर निस्कन सकेका छैनन् ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ- बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए । तर, घर भित्राएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य आश्चर्यमा परे। उमेशको परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए ।

शोभालाई उमेशले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन् । उनी यसरी फिर्ता भएपछि परिवारकै तथा छरछिमेकमा तनाव बढेको स्थानीय नथुनी रामले बताए ।

उनले भने, ‘शोभासँग सोधपुछ गर्दा शैलेन्द्ररामसँगै प्रेम गरेको र उनीसँगै शारीरिक समबन्ध राख्दा गर्भ बसेको बताएकी छन् । त्यसपछि शोभालाई शैलेन्द्रको घर पठाइएको छ । प्रेमी भनिएका युवक साउदी अरबमा रहेका कारण समस्या भएको छ ।’

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार