• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

एमाले ठुलो पार्टी हो पद रोज्नुपर्छ, माओवादीले चित्त बुझाउनु पर्छः माओवादी नेता सापकोटा


लेकाली अनलाइन
माघ २९, काठमाण्डौँ ।
नेकपा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले एमाले ठुलो पार्टी भएकाले वाम एकतामा पद रोजेर लिन सक्ने बताएका छन् ।

आज बिहान बिबिसी नेपालीमा अन्तरवार्ता दिदै उनले जनताले एमालेलाई ठुलो पार्टी बनाएकाले उसले पार्टी एकतामा पद रोजेर लिने स्वभावीक भएको बताएका हुन । बाँकी रहेको पदमा माओवादीले चित्त बुझाउनु पर्ने उनले खुलासा गरेका छन् । यस अघि पनि एमाले—माओवादीमा यसरी नै भएको उनले बताए ।

पार्टी एकता कहाँ पुग्यो भन्ने प्रशनमा उनले भने-‘राजतीती लाइनमा पनी छलफल चल्दैछ, निति र नेतृत्वमा पनि कुरा निष्कर्षमा पुगिसकेको छैन् । एकता भनेको सबैलाई सम्मानजनक हुनुपर्छ ।’

मुख्य पद टुङगिएपछी अरु सबै टुङ्गो लाग्ने र पार्टी एकता र सरकारगठन एकैसाथ हुने उनले बताएका छन् । त्यसको लागी एकहप्ता जति समय लाग्ने नेता सापकोटाले बताए ।

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार