लेकाली अनलाइन
माघ २९, सल्यान ।
जनयुद्व दिवसको अवसर पारी सल्यान बागचौर नगरपालीका ९ प्लाटुन चाैरमा विभिन्न खेलकुद कार्यक्रमहरु भइरहेको छ ।
हिजो उद्घाटन गरि सुरु गरिएको कार्यक्रममा भोली बृहत सांस्कृतिक कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ । शहिद स्मृति समाजको आयोजनामा भएको कार्यक्रममा खेलकुद तर्फ वडा स्थरीय भलिवल प्रतियोगीता, प्रावि स्थरीय हाजिर जवाफ, महिला रसाकसी प्रतियोगीताहरु चलिरहेका छन् ।
आजको खेललाई मौषमले केहि प्रभावित बनाएको शहिद स्मृति समाजका अध्यक्ष धनेन्द्र विमल ओलीले जानकारी दिएका छन् । भोली फागुन १ गते राष्ट्रिय तथा स्थानीय स्थरका कलाकारहरुको बेजोड प्रस्तुति रहने सास्कृतिक संयोजक टोपेन्द्र ओलीले जानकारी दिए ।
हिजो उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला खेलकुद विकास समिती सल्यानका अध्यक्ष विजय सिंहको प्रमुख अतिथ्यता रहेको थियो । समितिका अध्यक्ष धनेन्द्र विमल ओलीको सभाअध्यक्ष र शारदा ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन डफेन्द्र डाँगीले गरेका थिए ।