• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

अध्यक्षमा कुरा मिलेन ! ओली–प्रचण्डको छलफल बिना निष्कर्ष टुंगियाे


माघ २९, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य भेटघाट बिना निष्कर्ष टुंगिएको छ ।

पार्टी एकता र सरकार गठनको विषय टुंगो लगाउन  सोमबार बिहान ललितपुरको मानभवन स्थित एक नीजि घरमा भएको अध्यक्षद्धयको बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । एमाले र माओवादीकेन्द्रबीचको एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा दुई दलबीच सहमति हुन नसक्दा एकता प्रक्रिया नै अनिश्ति बनेको छ ।

माओवादीले ठुलो पार्टी भएको नाताले एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेपछि प्रचण्ड पार्टी अध्यक्ष बन्नुपर्ने अडान राख्दै आएको छ । एमाले भने प्रचण्डलाई अध्यक्ष बनाउन तयार भएको देखिँदैन ।
माओवादी केन्द्रमा नेताहरुले नयाँ सरकार गठनअघि पार्टी एकता नभए सरकारमा सहभागी नहुने बताएका छन् ।

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार