• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

प्रचण्ड र अोली मात्रै मिल्दैमा पार्टी एकता हुँदैनः एमाले नेता माधव नेपाल


फागुन २, चितवन ।

नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्ड र अोली मात्रै मिलेर पार्टी एकता नहुने बताएका छन्

बुधबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर मात्रै पार्टी एकता हुने बताएका हनु । उनले भने  “दुई नेताको व्यवस्थापनले मात्रै हँदैनु, पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।”

पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए । “पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग्याउनु जरुरी छु, उनले भने ।”

नेता नेपालले यस्तो अभिव्यक्ति दिइरहँदा एमाले अध्यक्ष केपी शर्मा अोली र माअोवादीका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता भएको छ । त्यस्तै एमाले र माअोवादीले संयोजन समितिको बैठक बस्नुअगावै पार्टीको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार