• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा पहिलो पटक प्रदेश स्तरीय क्रिकेट खेलिदै


सरिता चलाउन
फागुन २, सल्यान ।
सल्यानमा प्रथम प्रदेश स्तरीय त्रिकोनात्मक टि २० क्रिकेट प्रतियोगीता हुने भएको छ ।

परिबर्तन युबा कल्ब, गोलो युबा कल्ब र शारदा युवा कल्बको आयोजनामा त्रिकोनात्मक टि २० क्रिकेट प्रतियोगीता हुन लागको हो । यही फागुन ७ गते बाट हुने टि २० क्रिकेट प्रतियोगीतामा सल्यान, रुकुम र जाजरकोट गरी ३ जिल्लाका खेलाडीको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

फागुन २ गते बाट हुने भनिएको खेल प्रतियोगीता परिमार्जन गरी ७ गते बाट हुने बताईएको छ ।प्रतियोगीतामा बिजेताले मेडल, प्रमाण पत्र र ट्रफि प्राप्त गर्ने छन । प्रदेश नम्बर ६ मै राम्रो सम्भावना बोकेको ३ जिल्लाको समिलित त्रिकोनात्मक प्रतियोगीताले समग्र प्रदेशको प्रतिनिधित्व गर्ने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले बताएका छन् । उनले प्रथम स्तरीय त्रिकोनात्मक क्रिकेट प्रतियोगीता सफल हुने बिश्वास ब्यक्त गरेका छन् ।

जिल्लामा क्रिकेट बिकास र खेलकुद क्षेत्रमा पनि अग्रसरता प्रदान गर्ने उदेश्यले खेलकुद प्रतियोगीतको आयोना गरिएको परिबर्तन युबा कल्बका अध्यक्ष जतिन राईले बताए ।

संकेतिक फाेटाे फाइल खेल मैदान लुहापिङकाे

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार