फागुन २, काठमाडौं ।
एमालेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अाज मानभवनस्थित एक व्यवसायीको घरमा बसेको एमालेको स्थायी कमिटी बैठकले यस्ताे निर्णय गरेको हो । एमालेका एक नेताका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने निर्णय भएको छ ।
बैठकमा अध्यक्ष ओलीले माओवादी र एमालेबीचको एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलको जानकारी गराएका थिए । ओलीले पार्टी एकताका विषयमा भएका छलफलमाथि सुझावसमेत मागेका छन् ।
त्यस्तै अाज नै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सकिएको छ । बैठकमा सहभागी माओवादीका केन्द्रीय कार्यालय सदस्य मणि थापाका अनुसार ओली र प्रचण्ड दुबै जना सहअध्यक्ष बन्ने निर्णयलाई पनि माओवादीले अनुमोदन गरेको छ । बाम एकतामा अध्यक्षकाे चर्चामा रहेका प्रचण्ड अब अध्यक्ष बन्ने भएका छैनन् । उनि सहअध्यक्षमा रहने छन् । सरकारको नेतृत्व प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आलोपालो गर्ने निर्णयलाई पनि मअाेवादीले अनुमोदन गरेको छ ।
पहिलो पटक ओलीले साढे २ बर्ष प्रधानमन्त्री बन्नेछन भने दोस्रो चरणमा प्रचण्डले साढे २ बर्ष सरकारको नेतृत्व गर्ने निर्णय अनुमोदन गरेको थापाले जानकारी दिए । थापाले भने ‘आजै एकता संयोजन समितिको बैठक बस्दैछ, उक्त बैठकले पार्टीक एकता घोषणा आजै पनि गर्नसक्छ ।