• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

देउवाले ज्योतिषको सल्लाहमा बालुवाटार छोड्ने, अाज दिने भनेकाे राजिनामा स्थगित


फागुन २, काठमाण्डाैँ । 

अाज साँझ देशवासीका नाममा सम्बोधन गरी राजिनामाको घोषणा गर्ने प्रधानमन्त्री देउवाको योजना आजका लागि स्थगित भएको छ।

नाै महिना सरकार प्रमुखकाे जिम्मेवारीमा रहेका उनी ज्योतिषको सल्लाहअनुसार सरकारी निवास छोड्ने भएका छन् ।  प्रधानमन्त्री निकट ज्योतिष अंगिरस न्योपानेले सरकारी निवास प्रवेशकाे मितिले ९ महिना नपुर्याए अघिनै बालुवाटार छोड्न सल्लाह दिएको स्रोतले बताएकाे छ ।

यसअघि अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गरेर राजिनामाको घोषणा गर्ने योजना प्रधानमन्त्री देउवाले बनाएका थिए। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोबिन्दराज पोखरेल सहितको प्रधानमन्त्रीले गर्ने सम्बोधन बक्तव्य तयार पारिएको थियो।

तर आज प्रधानमन्त्रीको सम्बोधन नहुने भएको छ’ बालुवाटार निकट स्रोतले भन्यो, ‘अब सम्बोधन र राजिनामा घोषणा भोलि हुनेछ।’

फागुन ५ गते देउवा बालुवाटार भित्रिएको ९ महिना पुग्दैछ। तर त्यसअघि नै उनले बालुवाटार छोड्न सामान सार्न निर्देशन दिइसकेका छन्। ज्योतिषको सल्लाहमा विश्वास गर्ने देउवाले बिहीबारै अथवा शुक्रबार बालुवाटारबाट निजी सामान बुढानिलकण्ठ सार्न निकटस्थहरुलाई निर्देशन दिएको स्रोतले बतायो।

नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा २०७४ जेठ २३ गते चौथो पटक प्रधानमन्त्री निर्वाचित भएका थिए। ज्योतिष न्यौपानेकै सल्लाहमा प्रधानमन्त्री निर्वाचित भएको दश दिनसम्म उनी सरकारी निवास गएका थिएनन्। देउवा असार ५ गते बिहान बालुवाटार प्रवेश गरेका थिए।

कुण्डलीअनुसार गत चैत महिनादेखि देउवाको बृहस्पति भाग्य स्थानमा आएको थियो। देउवा चाैथाे पटक प्रधानमन्त्री हुनुलाइ ज्योतिषहरु कुण्डलीमा ‘राजयोग र बृहस्पति भाग्य स्थानमा रहनु’लाइ निर्णायक मान्छन्।  देउवाको जन्मकुण्डलीअनुसार फागुन ५ गतेपछि राहू अष्टम पदमा पर्ने र त्यसले अनिष्ट निम्त्याउने भन्दै न्याैपानेसहितका ज्योतिषहरुले उनलाई त्यसअघि सरकारी निवास छाेड्न सल्लाह दिएका छन्।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार