• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

सल्यानमा सम्बन्ध बिच्छेदका घटना दिनहुँ बढ्दै


सरिता चलाउने
फागुन २, सल्यान ।
सल्यानमा सम्बन्ध बिच्छेद गर्नेहरुको सङख्या दिनानु दिन बढदै गएको पाईएको छ । गत बर्षको तुलनामा भन्दा यस बर्ष सम्बन्ध बिच्छेदका घटनामा बृद्धि भएकोे जिल्ला अदालत सल्यानको तथ्याङकमा उल्लेख रहेको छ ।

आर्थिक बर्षको साउन देखि यता ७३ वटा सम्बन्ध बिच्छेदका घटना जिल्लामा दर्ता भएको जिल्ला अदालत सल्यानले जानकारी दिएको छ । बितेको ७ महिना यता जिल्ला अदालत सल्यानले ९१ वटा घटना फैसला गरेको छ । जस मध्य सबै भन्दा बढी सम्बन्ध बिच्छेदका घटना ३३ वटा फैसला भएका छन ।

फैसला भएका मध्य अंश बन्डा सहित सम्बन्ध बिच्छेदका गर्नेमा १८ रहेका छन भने सम्बन्ध बिच्छेद मात्र गर्ने १० वटा फैसला भएको जिल्ला अदालतका सल्यानका श्रेतेदार गणेश कुमार गौतमले बताए । उनका अनुसार गत आर्थिक बर्ष ७३ ÷७४ मा ९५ वटा सम्बन्ध बिच्छेदका घटना दर्ता भएका थिए । उहाँका अनुसार पुरुषको तुलनामा भन्दा महिलाका तुलानामा सम्बन्ध बिच्छेदका घटनामा बृद्धि भएको बताए ।

उनले भने–‘जिल्लामा अहिले सम्बन्ध बिच्छेदका घटनाले बिकराल रुप लिन थालेको छ, यसरी बिच्छेद गर्नेमा १८ देखि २० बर्ष सम्मका महिला रहेका छन् ।’ सञ्चारको दुरुपयोग, आर्थिक अभाब , बैदेशिक रोजकार,पारिवारी बिखण्डनले गर्दा पनि सम्बन्ध बिच्छेदमा घटनामा बृद्धि भएको उनले बताए । गौतमका अनुसार बिशेष गरी स्कुल पढने केटाकेटीहरुलाई सञ्चारको पहुच बाट टाढा राख्नु पर्ने र यस्तो घनामा कम गर्न स्थानीय तहहरुको पनि भुमिका खेल्नुपर्ने छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार