• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

दाहाल र डागि बने एन प्याव्सन दाङकाे वर्ष उत्कृष्ट बिद्यार्थि


बिमल गौतम
फागुन २, दाङ । 
एन प्याव्सन दाङले यस वर्ष देखि शुरु गरेको एन प्याव्सन वर्ष उत्कृष्ट बिद्यार्थि कपिल दाहाल र लक्ष्मी डागि वन्न सफल भएका छन ।

राप्ति बाल एकाडेमि तुलसीपुर ६ दाङमा कक्षा १० मा अध्यणरत कपिल दाहालले ७९ अंक प्राप्त गरि वर्ष उत्कृष्ट छात्र घोषित भएका छन । त्यस्तै सोहि बिद्यालयमा कक्षा १० मा अध्यणरत लक्ष्मी डागि ६७ अंक प्राप्त गरि वर्ष उत्कृष्ट छात्रा घोषित भएकी छन । त्यसैगरि छात्र तर्फ श्रीगाउँ लाईफ भिजनका सरद रावल ७१ अंकका साथ दोस्रो , ज्ञान ज्योति पव्लिक स्कुल तुलसीपुरका आकाश जंग चौधरि ६८ अंकका साथ तेस्रो , पव्लिक एजुकेशस एकाडेमि लालमटियाका प्रतिक अधिकारि ६५ अंकका साथ चौथौ र डिभाईन टेम्पल एकाडेमिका रजत अधिकारि ६३ अंकका साथ पाचौ भएका छन ।

त्यसैगरि छात्रा तर्फ ज्ञान ज्योति पव्लिक स्कुलकी समिक्षा एम सि ६५ अंक प्राप्त गरि दोस्रो , डिभाईन टेम्पल एकाडेमिकी अप्सरा वस्याल ६२ अंकका साथ तेस्रो , मिडवेष्ट प्वाईन्ट एकाडेमिकी सुस्मीता केसी ५९ अंका साथ चौथो र कामना सेकेन्डरी स्कुलका पुजा नेपाली ५७ अंक प्राप्त गरि पाचौ स्थान हासिल गरेकी छन् । एन प्याव्सन दाङको आयोजना , एभरेष्ट एकाडेमि तुलसीपुर र क्यापिटल प्रेसको प्रायोजन तथा राप्ति समाचार राष्ट्रिय दैनिक , रेडियो सञ्जिवनि र स्वर्गद्धारी टेलिभिजनको मिडया पार्टनर सिपमा वर्ष उत्कृष्ट बिद्यार्थि २०७४ छनौट प्रतियोगिता सम्पन्न भएको हो ।

एन प्याव्सन दाङले यसवर्ष देखि एन प्याव्सन वर्ष उत्कृष्ट बिद्यार्थि छनौट प्रतियोगिता शुरु गरेको हो । उत्कृष्ट हुने छात्र छात्रालाई जनहि ५ हजार , सम्मान पत्र र मेडल तथा उत्कृट गराउन सफल बिद्यालयलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने छ । त्यसैगरि दोस्रो स्थान हासिल गर्ने छात्र छात्राहरुलाई जनहि २५ सय , प्रमाण पत्र र मेडल प्रदान गरिने आयोजक एन प्याव्सन दाङले जनाएको छ ।

उत्कृष्ट हुने छात्र छात्राहरुलाई यहि फागुन ५ गते हुने एन प्याव्सन दाङको नवौ साधारण सभामा भव्य कार्यक्रमका विच पुरस्कृत गरिने एन प्याव्सन दाङका सचिव ठाकुर प्रसाद डागिले जानकारि दिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार