• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

अन्तिममा अाएर माओवादीले भन्याे ‘सरकारमा सहभागी हुदैनाैँ’


फागुन ३, काठमाण्डाैँ । 

नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।

अाजकाे नागरिक दैनिकमा खबर छा- एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेका बेला मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ ।

माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

उनले भने, ‘सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको  छ ।’

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार