• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सफल प्रधानमन्त्री हूँ भन्दै देउवाले दिए राजीनामा, राष्ट्रका नाममा सम्बोधन (भिडियाे सहित)


फागुन ३, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आजैबाट लागु हुने गरी राजीनामा दिएका हुन्।

सम्बोधनमा देउवाले तीनै तहका चुनाव सम्पन्न गर्नु आफ्नो सरकारको महत्वपूर्ण उपलब्धी भएको बताए। देउवाले आफ्नो सरकारले संविधानप्रति असन्तुष्ट तराई केन्द्रित दललाई चुनावमा सहभागी गराई तीन तहको चुनाव गराएको बताए। यस आधारमा पनि देउवाले आफू सफल प्रधान मन्त्री भएको दावी गरे।

‘नयाँ संविधान कार्यन्वयनका लागि तीन तहको चुनाव सम्पन्न भएको छ,’ देउवाले सम्बोधनमा भने,‘प्रधानमन्त्रीका रुपमा मेरो कार्यकाल सफल भएको छ।’

देउवाले सम्बोधनमा आफ्नो सरकारले विकास निर्माणमा समेत धेरै काम गरेको भन्दै त्यसको फेहरिस्त प्रस्तुत गरेका थिए।

देउवाले समृद्ध देश बनाउन निरन्तर लाग्ने प्रतिवद्धता जाहेर गर्दै नयाँ सरकारलाई शुभकामना पनि दिए। ‘समृद्ध देश बनाउन निरन्तर लाग्ने छु,’ उनले भने, ‘ त्यसका लागि नयाँ सरकारलाई शुभकामना ।’ उनले सम्वृद्ध देश बनाउन सरकारलाई आफ्नो निरन्तर सहयोग पनि रहने बताए।

सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने उनले बताए ।

सम्वोधन लगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

उनकाे संबाेधन हेर्नुहाेस्

Gepostet von Nepali Congress Sher Bahadur Deuba am Mittwoch, 14. Februar 2018

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार