• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

वाम एकतामा घण्टि बज्यो ! एमाले भन्छ माओवाद मान्दैनौं, माओवादी भन्छ सरकारमा जाँदैनौं


फागुन ३, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे प्रधानमन्त्रीको रुपमा सपथ लिदैंछन् । आजै ओली प्रधानमन्त्रीको लिने भएपछि समर्थन गरेको दल नेकपा माओवादी केन्द्र सरकारमा जाने वा नजाने भन्ने अन्यौलमा छ । तर  सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतामा ढिलाई भएको छ ।

बुधबार राती अबेरसम्म बसेको एकता संयोजन समितिको बैठकमा दुई पार्टीका नेताहरुबीच सैद्धान्तिक विषयमा मतभेद देखिएको एक एमाले नेताले जानकारी दिए ।ती नेताका अनुसार बैठकमा माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा २१ औं सताब्दीको जनवाद र माओवाद समेत हुनुपर्नेमा जोड दिएको थियो । तर, एमालेले भने २१ औं सताब्दीको जनवाद र माओवादलाई स्वीकार गर्न नसकिने भन्दै जनताको बहुदलीय जनवाद (जबज) नै कार्यदिशा हुनुपर्ने अडान राखेको थियो ।

नाम नखुलाउने सर्तमा माओवादीका एक् नेताले माओवादी आजै सरकारमा नजाने बताए । यदि एमालेसँग सबै कुरा मिलेको खण्डमा माओवादी रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी थियो ।

‘एमालेसँग केहि राजनीतिक छलफल टुंगिएको छैन्, त्यसैले अहिले नै सरकारमा सहभागी हुँदैनौं’ उनले भने ‘एमालेको जबरजस्तको कारण अहिले नै सरकारमा सहभागी माओवादी नहुने भएको हो ।’
वाम एकताको लागि ९५ प्रतिशत टुंगिसकेको बताइएपनि एकता भने ५ प्रतिशतमा अड्किएको छ । हिजो भएको छलफलमा एमालेले माओवाद नमान्ने र माओवादीले जनताको बहुदलिय जनवाद (जबज) मान्नपर्ने अडान राखेकाले एकता अड्किएको हो । विवादबारे समाधान खोज्न हिजोको बैठकले छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

यसैबीच बिहिबार बिहान माओवादी शीर्ष नेताहरुको बैठक प्रचण्ड निवास खुमलटारमा बसेको बताइएको छ । बुधबारको बैठकमा एमालेले माओवाद र २१ औं सताब्दीको जनवादबारे असहमति जनाएका विषयमा समेत बैठकमा समिक्षा भएको एक माओवादी नेताले बताए । उक्त बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्ण बहादुर महरा टोपबहादुर रायमाझी, पन्फा भुसाल, जनार्दश शर्मा, देब गुरुङ, मात्रिका यादव, गिरीराजमणि पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

त्यसकारण नै आजै माओवादी सरकारमा नजाने तर ओलीलाई समर्थन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले  जानकारी दिए ।

एकीकृत पार्टीको कार्यदिशाबारे दुई पार्टीका नेताहरुबीच विवाद देखिएपछि माओवादीले २१ औं सताब्दीको जनवाद, माओवाद र जबज सबैलाई सँगसँगै महाधिवेशनका लागि बहसमा लैजाने प्रस्ताव गरेको थियो । तर, सो प्रस्तावमा एमालेले आफ्नो अडान जबजलाई नै केन्द्रीत गरेको थियो । सोहि अडानका कारण बुधबारको बैठक निष्कर्षमा पुग्न सकेको ती नेताको दाबी छ ।

सोहि विवादबारे समाधान खोज्न बैठकले छुट्टाछुट्टै कार्यदल गठन गर्ने समेत सैद्धान्तिक सहमति गरेको थियो । बैठकले पार्टी एकताका लागि संगठनात्मक र कार्यदिशासम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सहमति गरेको हो । उक्त कार्यदलले देखिएका विवादबारे समाधान खोज्ने एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी जानकारी दिएपनि आजसम्म कार्यदल बनेको छैन ।

एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको छ, । ५ प्रतिशत विवादपनि चाँडै टुंगोमा पुग्ने हिजो रातीको बैठकपछि एमाले नेता गौतमले बताएका थिए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार