समिर श्री, लेकाली अनलाइन
फागुन ३, सल्यान ।
सल्यानमा महिलाहरु एक भएर राजमार्गमा सरसफाई गरेका छन्
जिल्लाकाे जिल्लाको बागचौर नगरपालिका २ लस्तम ज्युँलामा पर्ने राप्ती राजमार्गलार्इ महिलाहरुले सरसफार्इ गरेका हुन् । ‘उधमशील महिला सहयात्री कलाकेन्द्र’ नामक समुह गठन गरी उनिहरुले सधै कोठा, आँगन अनि चौताराे लार्इ मात्रै सफार्इ गर्नुपर्छ भन्ने भावलार्इ ताेडेर राजमार्ग सरसफार्इमा जुटेका हुन् ।
पास नेपाल सल्यान को सहयोगमा अाफुहरुले यस्तो काम गरेकाे समुहकी सचीव उषा डाँगी ले बताईन् । उषा सँगै सडकमा डस्विन र कुचो समाएका महिलाहरु भन्छन्- ‘सडक छेउ पनि आँगन जस्तै ठानेर सफ़ा गर्नु पर्यो , यात्रा गर्ने यात्रु हरुलाई पनि उदाहरणीय अनि सफा भएको देखाउछौँ ।’