• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

शारदा नगरपालिकाले सात महिनामा ७० प्रतिशत काम गर्याे


लेकाली अनलाइन
फागुन ३, सल्यान। 

सल्यानकाे पहिलाे नगरपालिका शारदा नगरपालीकाले अाफ्नाे नगरभित्र अार्थिक बर्ष २०७४/७५ काे विकास निर्माणका कामहरु ७० प्रतिशत सम्पन्न गरेकाे छ ।

१५ अाेटा वडा रहेकाे यस नगरपालिकाले साउनकाे पहिलाे सातादेखि फागुनकाे पहिलाे सातासम्म ७ महिनाकाे अवधिमा ७० प्रतिशत काम गरेकाे जनाएकाे हाे । विभिन्न शिर्षकमा रहेका नगरभित्रका विकास निर्माणका कामहरु अाउने असार मसान्त सम्म सम्मन्न गरिसक्नु पर्ने छ । अब उक्त काम सम्पन्न गर्न ३० प्रतिशत बाँकी रहेकाे छ । विकास निर्माणका कामहरुमा सडक निर्माण, खानेपानी, विद्युत, स्वास्थ्य, कृर्षी, पशु, फ्रि इन्टरनेट, सिसि क्यामेरा, शिक्षा लगाएतका याेजनाहरु रहेका छन् ।

सडक निर्माण याेजना अन्तरगत अहिलेसम्म कामहरु अन्तिम चरणमा पुगेकाे र बाँकी कामहरु पनि भर्इरहेका छन् । सडक निर्माणमा नयाँ कटीङ, स्थर उन्नती लगाएतका कामहरु छन् । नयाँ कटीङ २५ अाेटा र स्थर उन्नती ७ अाेटा गरि नगरभित्र जम्मा ३२ अाेटा सडककाे काम सम्पन्न भएकाे शारदा नगरपालीकाका इन्जिनीयर भरत बुढाथाेकीले बताएका छन् ।

स्वास्थ्य अायाेजना अन्तरगत ५ अाेटा वडामा शहरी स्वास्थ्य किल्नीक संचालन भएका छन् । जसअनुसार वडा नम्बर ६,९, १०, ११ र १२  मा शहरी स्वास्थ्य किल्नीकहरु संचालन भर्इसकेका छन् भने बाँकि वडाहरुमा पहिलेकै स्वस्थ्य किल्नीकहरुले सेवा दिइरहेकाे छ । त्यस्तै जिल्ला अस्पताल सल्यानमा बिरामीकाे चापअनुसार १५ सयाबाट ५० सया बनाउन काम भर्इरहेकाे छ । त्यसकाेलागी कर्मचारी पनि खटाएकाे  र भाेतिक पुर्वधारकाे लागी पनि तयारी भर्इरहेकाे शारदा नगरपालीकाका कार्यकारी अधिकृत सुवर्न सिंह ठकुरीले बताएका छन् ।

फ्रि वाइफार्इकाे इनटरनेट नगरपालीकाकाे सबै वडामा जडान गर्ने र अहिले सम्म १, २, ४, ५, ६, १२, १४ र १५ वडामा जडान भर्इसकेकाे छ भने बाँकी रहेका वडाहरुमा छिटै जडान गर्ने बताइएकाे छ  ।त्यस्तै सुरक्षाकाे दृष्टिकाेणलार्इ हेरेर खलंगा र श्रीनगर बजारमा पनि सिसि क्यामेरा जडान गरिएकाे शारदा नगरपालीकाकी उपप्रमुख सावित्रा वस्नेतले बताएकी छन् ।

शिक्षा क्षेत्रमा पनी नगरपालीकाले नगरभित्रका विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म अग्रेजी भाषाकाे संचालन गर्ने बताइएकाे छ ।  पशु क्षेत्रमा कृतिम गर्भादानबाट जन्मिएका बाछा-बाछीहरुलार्इ सुत्केरी भत्ता दिएकाे छ । खानेपानीमा पनी नगरभित्र ८ अाेटा अायाेजना सम्पन्न भर्इसकेकाे र बाँकी २८ अाेटा काम भर्इरहेकाे छ ।

शारदा नगरपालिकाले अाफ्नाे नगरपालीकाकाे कार्यालय सँगै वडा नम्बर १ र ११ काे कार्यालयकाे भवन सम्पन्न गर्ने अन्तिम तयारीमा रहेकाे छ । बाँकी रहेका वडाहरुमा पनि नयाँ भवन निर्माण गर्ने नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताएका छन् ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार