• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

श्रमिक जनताले साथ दिएका छन्, गद्दारीकाे हातबाट क्रान्तिको झन्डा खोस्यौँ: विप्लव


फागुन ३, काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले दलाल पुँजीवादले नेपाली अस्मितामाथि लुट मच्चाएको बेला यसलाई ‘समाजवाद’ भन्नु अपराधमाथिको ढाकछोप गर्ने कुकर्म मात्र भएको बताएका छन ।

उनले श्रमीक नेपाली जनताको मुक्तिका लागी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्नु अपरिहार्य रहेको बताए ।
देशमा भ्रष्टचार तथा लुट मच्चाउने, स्वाधीनतालाई नै बेचेर पैसा कुम्ल्याउने, जनतामाथि दमन गर्ने दलाल पुँजीवादी चरित्र बोकेको संसदीय व्यवस्थालाई जरैबाट उखेलेर फाल्न जनक्रान्तिबाट जन्मलिँदै गएको वैज्ञानिक समाजवादी सत्ता स्थापनाको बाटोमा रहेको उनको भनाई छ ।

जनयुद्धबाट नेपाली जनताले रगत बगाएर प्राप्त गरेका उपलब्धिहरू त्यसैको नेतृत्व गन सिमित नेताको स्वार्थ र आत्मासमर्पणका कारण गुमेकाले राष्ट्र र जनताको मुक्तिका लागी पुनः गाउँ र सहर दुवैतिरबाट उत्पीडित जनताले विद्रोह गर्नुपर्ने महासचिव विप्लवले बताए । अधुरो क्रान्तिको सपना पुरा गर्ने कार्यभार आफुहरुमाझ आएकाले अहिले नेपाल कम्युनिष्ट पार्टीले त्यसको नेतृत्व गरिरहेको उनले बताए ।

त्यसलाई सफल बनाउन देशभक्त शक्ति र लोकतान्त्रिक शक्तितथा जनजाति, मधेसी, दलित, ब्राह्मण—क्षत्री चारै समुदाय एक भएर मजदुर–किसानसँगै युवा–विद्यार्थी र नयाँ श्रमिक वर्ग सम्पूर्ण तागतका साथ दलालहरूविरुद्ध विद्रोह गर्न तयार हुनुपर्नेमा महासचिव विप्लवले जोड दिए । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड, बाबुराम, बादल जनयुद्धलाई आतङ्कवादी भनेर नरसंहार मच्चाउने दलाल संसद्वादीका भतुवा र मतियार बन्न पुगेको भन्दै महासचिव विप्लवले आक्रोश ब्यक्त गरे ।

उनीहरुको हालत अहिले दासको भन्दा फरक नभएको तर्क गर्दै उनले भने-‘हामिले गद्दारी गर्ने फटाहाहरूको हातबाट क्रान्तिको झन्डा खोस्यौँ, मालेमावाद र नेपाली क्रान्तिको विचारलाई सबैले देख्ने गरी फहरायौँ । हामीले खुलेआम घोषणा ग¥यौँ–कि तिम्रो सत्ता,कि हाम्रो सत्ताबीचमा कुनै ठाउँ छैन ।’ वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने यात्रामा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई सबै श्रमिक जनताले साथ दिएको पनि उनले बताए ।

यस्तै महासचिव विप्लवले एमाले—माके सामाजिक दलाल पुँजीवादी भएको भन्दै निम्नपुँजीवादी र बुर्जुवाहरूले भन्नेगरेको ‘सामाजिक दलाल पुँजीवाद’ नै प्रचण्ड—केपीको समाजवाद भएको बताए । केपी—प्रचण्डलाई कम्युनिस्ट नाम भिरेका पुँजीवादी भएको उनको भनाई छ । दलाल संसदीय व्यवस्थाको चुनावपछि देश दुई ध्रुवमा विभक्त हुन पुगेको भन्दै उनले राज्यसत्तामा एकवर्गको धारा पूर्ण रूपले हाबी नभएसम्म यहि अवस्था रहेपनि अन्त्यमा नेपालमा वैज्ञानिक समाजवादी धु्रव नै विजयी हुने धारणा राखे ।

नेकपाले अहिले अहिले नेकपा (क्रान्तिकारी माओवादी) , सहित राष्ट्रवादी शक्ति तथा समुहसँग क्रान्तिकारी धु्रवीकरणको पहल भईरहेको भन्दै विप्लवले माओवादीभित्र रहेको ईमान्दार नेता कार्यकर्तालाई आत्मसमर्पणवाद र विसर्जनवादसँग विद्रोह गर्न आग्रह गरे ।
मिर्मिरे अनलाइनबाट

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार