• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा बस र मोटरसाइक ठोक्किदा दुई जनाको मृत्यु


शिवु खनाल
 फागुन ३, दाङ ।

दाङकाे लमहीमा बस र मोटरसाइक एक अापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौबाट तुलसीपुर आउँदै गरेको ना६ख २३३१ नम्वर को बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा४प २९९९ नम्वरको मोटरसाइकल लमही नगरपालिका–६ घोडेवासमा ठोक्कि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि लमही नगरपालिका वडानम्वर ६ निवासी तेजप्रसाद न्यौपानेका छोरा १९ वर्षिय मिनराज न्यौपाने र घोराही उप महानगरपालिका निवासी केशवकुमार गुप्ताका छोरा २१ वर्षिय मञ्जित कुमार गुप्ताको मृत्यु भएको छ ।

शवलाई लमही अस्पतालमा पोष्मार्टमका लागि राखिएको छ । चालक र बसलाई नियन्त्रणमा राखिएको वडा प्रहरी कार्यलय लमहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार