लेकाली अनलाइन
फागुन ३, सल्यान ।
अखिल क्रान्तिकारी सल्यानले संगठन निर्माणको कामलाई निरन्तरता दिएको छ । माओवादी केन्द्र निकट क्रान्तिकारीले आज एकैदिन सल्यानमा दुर्इअाेटा विद्यालयमा संगठन निर्माण गरेकाे छ ।
शिवजन मा.वि.मा आइएस्सी एजी तर्फको मुल इकाई कमिट गठन गरेको हो । तेज बहादुर वलीको अध्यक्षतामा २३ सदस्यीय इकाई कमिटीको उपाध्यक्षमा विपन रेउले, सचिवमा भावना मल्ल, सहसचिवमा झुपलाल के.सी र कोषाध्यक्षमा विनोद रोकाया रहेका छन ।
कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष चेतन गिरी, उपाध्यक्ष दिपक केसी र कोषाध्यक्ष रमेश बुढाथोकीले सम्बोधन गरेका थिए । संगठनले अभियानलाई जिल्लाव्यापी बनाएको जनाएको छ ।
तस्विरमा अरनिकाे मावि काेटनाउला
त्यस्तै अाजै कुमाख गाउँपालीका वडा नम्बर ४ काेटनाउलामा रहेकाे अरनिकाे माविमा पनि संगठन विस्तार गरेकाे छ । त्यहाँ राम प्रसाद गाैतमका अध्यक्षतामा संगठन विस्तार गरेकाे हाे । जसकाे उपाध्यक्षमा प्रकाश चन्द, सचिव सिमाना चन्द, सहसचिव बादल शाही, काेषाअध्यक्ष डिल्ली शाही रहेका छन् ।
कार्यक्रममा संगठनका जिल्ला सदस्य विनाेद डिसीकाे उपस्तिथी रहेकाे थियाे ।
यसअघि कपुरकोट गाउपालिकाको सम्मेलन गरिसकेको संगठनले अन्य स्थानिय तहमा पनि सम्मेलन गर्ने तयारी गरेको छ ।