फागुन ३, बुटवल ।
दाङलार्इ प्रदेश राजधानी बनाउछु भनेर दाङबाट प्रदेश सांसदमा विजयी भएका एमाले संसदीय दलका नेता शंकर पाेखरेलले बुटवलमा जनताको नाममा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
प्रदेश ५ काे मुख्यमन्त्री भएपछि पोखरेलले अस्थायी राजधानी बुटवलमा अाज पद तथा गाेपनियताको सपथ ग्रहण गरेका हुन्।
उनलार्इ प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गराएका हुन्। वाम गठबन्धनका संयुक्त उम्मेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई बुधबार प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीको सपथ लगत्तै एमाले र माओवादी केन्द्रका १-१ जना मन्त्रीले सपथ लिएका छन्। माओवादी केन्द्रका कुलप्रसाद केसीले आन्तरिक मामिला तथा योजना र एमालेका वैजनाथ चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा सपथ लिएका हुन्।
उनीहरूले पनि जनताको नाममा सपथ खाएका छन्। मुख्यमन्त्री र मन्त्रीहरूलाई प्रदेश प्रमुखले सपथ गराए।
दाङलार्इ प्रदेश राजधानी बनाउछू भन्दै अास्वासन दिएर चुनाव जितेका पाेखरेल मुख्यमन्त्री भएपछि यतिखेर दाङ्गाली जनताहरुले प्रदेश ५ काे स्थायी राजधानी दाङ हुन्छ की भनेर अझै अासमा रहेका छन् ।
फाेटाे नारायन खड्का