सरिता चलाउने
फागुन ३, सल्यान ।
पशुहरुमा लाग्ने रोग नियन्त्रण गर्नको लागी सल्यानमा पिपिआर खोप सञ्चालन गरिएको छ ।
भेडा बाखा्रमा रोग लाग्नै नदिनको लागी जिल्लाको बागचौर नगरपालीका २ बागचौरमा राष्ट्रिय पिपिआर अन्र्तगत खोप कार्यक्रम सञ्चालन गरएको हो । जिल्ला पशुुसेवा कार्यलय सल्यान र बागचौर नगरपालीका सल्यानको आयोजनामा पिपिआर खोप कार्यक्रम सञ्चालन भएको पशुबिकास अधिकृत रुप सिङ राईले बताए ।
पछिल्लो समयमा सल्यान जिल्ला पशुपालनमा आत्मा निर्भर भैरहेकाले पशुमा मृत्युदर घटाउनको लागी अनिबार्य पिपिआर खोप सञ्चालान गरिएको उनले बताए । यो कार्यक्रम बागचौर नगरपालीकाका १३ वटै वडामा सञ्चालन गरिने भएको छ । एक हप्ता सम्म कार्यक्रम सञ्चालन गरी बागचौर नगरपालीका भित्रका १३ हजार भेडा बाखा्रमा भ्याक्सीन पिपिआर खोप लगाउने र औषधी उपलब्ध गराउने पशु विकास अधिकृत राईले बताए ।
एक पटक खोप लगाउदा दुई बर्ष सम्म कुनै रोगले पशुलाई आक्रमण नगर्ने उनले बताए । एक हप्ता सम्म सञ्चालन हुने पिपिआर खोप कार्यक्रममा पशुलाई खोप औषधी नपुगे बागचौर नगरपालीकाको कार्यक्रम बाट पुन ल्याएर उपलब्ध गराउने राईले बताए । यो कार्यक्रम बिगद देखि नै लागु भएको र किसानहरुको माग र चाहना अनुसार सञ्चालन गरिएको बताईएको छ ।
बागचौर नगरपालीका वडा नम्बर २ का वडा अध्यक्ष घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालीकाका नगरप्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यता रहेको थियो भने उपप्रमुख कल्पना पुनको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राबिधिक लोकराज वलीले गरेका थिए ।
संकेतिक तस्विर फाइल