• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

चरेस सहित राेल्पा र रुकुमका दुर्इ व्यक्ति दाङमा पक्राउ


फागुन ३, दाङ ।

दाङमा लागुऔषध चरेस सहित दुर्इ जना पक्राउ परेका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेराबाट चरेस सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुलार्इ लागु औषध चरेश कारोवार गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएकाे छ।

पक्राउ पर्नेहरुमा राेल्पा थवाङ गाउँपालिका–४ निवासी वर्ष २८ का मुलमान रोका मगर र रुकुमको भुमे गाउँपालिका वडा नं. ७ निवासी वर्ष १८ का जल्को बुढा मगर रहेका छन् । लागुऔषध चरेश कारोबार तथा बिक्रिबितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र दाङबाट संयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले चौघेरास्थित सुमित्रा शर्माको घरबाट उनिहरुलार्इ पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिएका छन् । 

सेतो प्लाष्टिकमा पोको पारेको अवस्थामा ३५ केजी चरेश, तौलनका लागि प्रयोग गर्ने तराजु र ढक १÷१ थान समेत फेला पारि बरामद गरी उनीहरुलाई मुद्दा चलाइएको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

याे पनि पढ्नुहाेस् रेडपाण्डाको छाला सहीत सल्यानका दुर्इ व्यक्ति दाङमा पक्राउ

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार