• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

नेताहरुले भरिएकाे रोल्पाले गृहमन्त्री पायाे


फागुन, ३ बुटवल । 

नेताले भरिपूर्ण भनेर चिनिने रोल्पाले प्रदेश गृहमन्त्री पाएकाे छ । प्रदेश नम्बर ५ काे गृहमन्त्रीमा राेल्पा क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’  नियुक्त भएका छन् ।

उनी बिहीबार गृहमन्त्री मानिने आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका हुन् ।केसीलाई गृहमन्त्रीमा नियुक्तिका लागि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख उमाकान्त झा समक्ष सिफारिसक गरेका थिए ।

यसअघि केसी मुख्यमन्त्रीका दावेदार थिए । एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने माओवादी एमालेबीच उच्चस्तरीय सहमति भएपछि केसीले मुख्यमन्त्री छाडेका थिए । यसैगरी एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

माअाेवादीकाे उद्गम स्थलकाे रुपमा चिनिने राेल्पामा पटकपटक सरकारमा पुग्ने नेताहरुः कृष्न बहादुर महरा, बर्षमान पुन, अाेनसरी घर्ती, नन्दकिशाेर पुन लगाएतका नेताहरु रहेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार