• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

प्रदेश ६ मा एमाले साइट लाग्याे मुख्यमन्त्रीमा शाही नियुक्त, शपथग्रहण भोलि


फागुन ३, सुर्खेत ।

माअाेवादी र एमालेकाे विवादले मुछिएकाे प्रदेश नम्बर ६ मा अन्ततः मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

यस अघि केन्द्रिय पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दावी पेश गरेको थियो ।

प्रदेश ६ काे भागबण्डामा एमालेको भागमा मुख्यमन्त्री नपरेपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा विवाद सँगै ढिलाइ भएको थियो ।

बिहीबार दावी पेश गरेसँगै शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै मुख्यमन्त्रीमा चयन भएपनि शपथग्रहण भने भोलि हुने प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेश ६ मा जम्मा ४० सांसद मध्ये एमालेका २० र माअोवादीका १३ गरी वामगठबन्धनका ३३ जना छन् भने कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार