• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

अाेलीलार्इ पहिलो शुभकामना बंगलादेशबाट, माेदिले भारतमा स्वागत गर्न अातुर छु भने


फागुन ४, काठमाडौं |

प्रधानमन्त्री केपी शर्मा ओलीलाई  पहिलो शुभकामना बंगलादेशले दिएकाे छ । बंगलादेशले शुभकामना दिइसकेपछि भारतले पनि अाफ्नाे देशमा स्वागत गर्न अातुर भएकाे भन्दै शुभकामना दिएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अाेलीलार्इ बधाई तथा शुभकामना दिएका हुन्।

मोदीले फागुन ३ गते राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने मोदीलाई बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

ओली प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी मार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए ।

भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई बिहीबार नै टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको ओलीको सचिवालयले जनाएको छ ।

संकेतिक तस्विर फाइल 

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार