• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

ओलीलाई बधार्इको ओइरो: पाकिस्तान र भारतबाट आयो यस्तो शुभकामना


फागुन ५, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रतिनिधिले बधाइ दिएका छन् ।

आजको नेपाल समाचारपत्रमा खबर छ-नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक पाकिस्तानले बधाई तथा शुभकामना सन्देश पठाएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, पाकिस्तान विश्वस्त छ अब नेपालको आर्थिक विकास र समृद्धिमा अघि बढ्नेछ, पाकिस्तान नयाँ नेतृत्वसँग अझ निकट र मित्रवत् सम्बन्ध बढाउन चाहन्छ ।

सार्क सचिवालयले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना व्यक्त गरको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

यसैबीच, ओलीलाई शुक्रबार बधाई तथा शुभकामना दिन भक्तपुरको बालकोटस्थित उनको निजी निवासमा आउनेको भिड लागेको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार