• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

काठमाडौंमा आगलागीः एक जनाको मृत्यु, एक घार्इते


 फागुन ५, काठमाडौं ।

काठमाडौंमा अागलागी हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शनिबार बिहान काठमाण्डाैँ महानगरपालिका वडा नम्बर १२ लगनमा आगलागी हुँदा एक जनाको ज्यान जानुका साथै दुईवटा घर पनि जलेर पूर्णरुपमा नस्ट भएका छन् ।

मृत्यु हुनेमा ६५ वर्षीय जीवनकाजी श्रेष्ठको रहेका छन् भने उनका छोरा प्रविण जलेर सामान्य घाइते भएका छन् ।

शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार बस्दै आएको थियो ।

जीवनकाजी प्यारालाइसिसको समस्याबाट पीडित थिए । घरमा आगो लागेपछि बुवालाई बाहिर निकाल्ने कोशिस गरे पनि नसकेको प्रविणले बताए । प्रविणको वीर अस्पतालमा उपचार गरिएको छ ।

आगलागी भएको स्थानमा खटिएका डिएसपी टेकुनन्द ईवा लिम्बुले भने, ‘जीवनकाजीको शव बडो मुस्किलले फेला पार्‍यौं ।’

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार