• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

हामीले भनेको कुरा ओली सरकारले मानेन भने आगो लगाउछौ : कांग्रेस नेता सिंह


फागुन ५, काठमाडौँ  ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अाफुले भनेको कुरालार्इ केपि ओली नेतृत्वकाे सरकारले नमानेमा आगो लगाउने बताएका छन् ।

नेपाल शिक्षक संघ काठमाडौँको आठौँ  जिल्ला अधिवेशनलाई डिल्लीबजारमा उद्घाटन गर्दै उनले अाेली सरकारले संविधान बमोजिम काम गरे सहयोग गर्ने र संविधान विपरीत काम गरे खबरदारी गर्ने बताएका हुन् । “प्रजातान्त्रिक पद्धतिअनुसार काँग्रेस निर्वाचन सम्पन्न गरेको छ, जनताको जनादेशलाई सम्मान गरेर काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्छ” उनले भने । हामी प्रतिपक्षमा रहेको कारण जनताको मागमा आफ्नो सर्मथन हुने बताउँदै त्यसलाई सरकारले आलटाल गर्ने कोसीस गरे सरकारलार्इ राम्रो जवाफ दिने उनले बताए ।

पूर्वमहामन्त्री सिंहले पार्टी संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर भएको र पार्टीको छवि बिग्रँदै गएको बताए । नेता सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षामा दूरी बढ्दै गएको भन्दै निजी विद्यालयसरह शिक्षा दिन सामुदायिक विद्यालयका शिक्षक लाग्नुपर्ने उल्लेख गरे । समाजलाई सकारात्मक दिशातर्फ लैजान शिक्षकको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

उहाँले गुणस्तरीय, प्रविधियुक्त शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उक्त शिक्षाका लागि नेपाल शिक्षक संघले पहल गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार