• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

सिडियाे र डिएसपी सहित सल्यानका प्रहरी गाउँमा पुगे


फागुण ५, सल्यान ।

सल्यानको प्रहरीले ग्रामिण क्षेत्रमा पुगेर नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लिएर प्रहरीले कुमाख गाउपालिकाको रागेचौरमा नागरिक सुनुवाइ कार्यक्रम गरेको हो ।

गाउँमा पुगेको प्रहरीले रागेचौरमा रहेको इलाका प्रहरी कार्यालयको भवन जिर्ण भएको भन्दै नयाँ बनाउन पहल गर्नुपर्ने, लागु औषध तथा घरेलु आत्महत्याका विषयमा जनचेतना गर्नुपर्ने विषयमा अन्तरक्रिया गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले पेस विज्ञप्ती मार्फत आफुले गरेका क्रियाकलापको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमख प्रहरी नायव उपिरक्षक भरत बहादुर वि।क।ले सुरक्षा अनुगमन र स्थानिय जनसमुदायसंग लागु औषध, ,घरेलु हिंसा, महिला हिंसा, सामाजिक हिंसा, आत्महत्या साम्बन्धि जनचेतनामुलक कार्यक्रम तत्काल गरिने गरिनुका साथै सवारी साधनको भौगोलिक विकटता र सडक राम्रो भएको अवस्थामा उपलब्ध गराईने प्रतिवद्धता गरेका थिए ।

जनता मा.वि. रागेचौरको प्राङगनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सरकारी कायार्लयका प्रमुखहरू अनी गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष स्थानियबासीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार