• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा मृत्यु भएका राेल्पालीका परिवारलार्इ विप्लवका विद्यार्थीको सहयोग


फागुण ५, सल्यान ।
केहिदिन अघि सल्यान थारमारेकाे शारदा खोलामा मृत भेटिएका रोल्पाका सन्देश बुढाथोकीको परिवारलार्इ सल्यानको अखिल क्रान्तिकारीले अर्थीक सहयोग गरेको छ । विद्यार्थी, शिक्षक, थारमारेबजारबाट जम्मा गरिएको ६२ हजार ९ सय १५ रूपैया सहयोग गरिएको संगठनका सम्मेलन अायोजक समितस संयोजक टंक प्रकास केसीले जनाएका छन ।

कक्षा १२ मा पढ्ने जनकल्याण नमुना माविका मुल इकाइ कमिटीका सदस्य रहेका बुढाथोकीको लास फागुण २ गते शारदा खोलामा फेला परेको हो । रोल्पा परिवर्तन गाउपालिका ५ पाछाबाङ भएका बुढाथोकीको घटनाप्रति दुःखी भएको भन्दै परिवारलाइ उक्त रकम प्रदान गरिएको हो ।
परिवारको अवस्था न्यून भएकाले काजकिरिया गर्न सहयोग पुगोस भनेर सहयोग रकम वितरण गरिएको संगठनले जनाएको छ ।

अखिल क्रान्तिकारीका संगठित विद्यार्थीहरू दिपेन्द्र डि सि, बिक्रम के सि, नवीन के सि, मधु योगि बिकाश भन्डारी र टोपेन्द्र बस्नेत को पहलमा रकम संकलन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

मृतक बुढाथोकीका बुबा पल बहादुर बुढाथोकीलाइ रकम हस्तान्तरण गरिएको हो । सहयोग गर्नेलाइ अखिल क्रान्तितकारी सल्यानले धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार