• २०७७ मङ्सिर १८ गते बिहिवार
  • Preeti To Unicode

अाफ्नाे पार्टीकाे नाम लिएर अर्काले हस्ताक्षेर गरेकाे भन्दै सल्यानमा माअाेवादीकाे बिराेध


लेकाली अनलाइन
फागुन ५, सल्यान ।

सल्यानमा पार्टीकाे नाम लिएर अर्काे व्यक्तिले हस्ताक्षेर गरेकाे भन्दै प्रेस विज्ञप्ती सार्वजनिक भएकाे छ ।

जिल्लाकाे छत्रेशवरी गाउँपालीका ४ जयचाैरमा रहेकाे लक्ष्मी माध्यामिक विद्यालयमा गएकाे फागुन २ गते विद्यालय व्यवस्थापन समिती गठन गर्ने क्रममा सर्वदलिय बैठकमा नेकपा माअाेवादी केन्द्रकाे नाम लिएर अन्य व्यक्तिले हस्ताक्षेर गरेकाे भन्दै साे पार्टीले त्यसकाे बिराेध जनाएकाे छ । पार्टीले साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिसक्दा पनि पार्टीकाे नाम लिदै महत्वपुर्न निर्णयहरुमा सहभागी भर्इ हस्ताक्षेर गरेकाे भन्दै छत्रेश्वरी गाउँपालीकाकाे माअाेवादीले अाफ्नाे गम्भीर ध्यान अाकर्षन भएकाे विज्ञप्ती मार्फत जनाएकाे हाे ।

गाउँपालीका इन्चार्ज चित्र बहादुर केसी (भास्कर) र अध्यक्ष प्रेम बहादुर खड्का (प्रभात) काे संयुक्त हस्ताक्षेर रहेकाे विज्ञप्तीमा भनिएकाे छ-”बिशेष काम, निर्वाचन र पार्टी संकट परेकाे बेला बिराेधीहरुसँग घाँटी जाेड्दै पार्टी र नेतृत्वकाे निर्णय विपरीत विभिन्न गतिविधिहरु संचालन गर्दै अाएकाे र हाल अाएर पार्टीले साधारण सदस्य समेत नरहने गरी करबाही गरिसकेका व्यक्तिहरु पार्टीकाे अाधिकारीक व्यक्ति हुँ भन्दै महत्वपुर्ण निर्नयहरुमा हस्ताक्षेर भइरहेकाले पार्टीकाे अाधिकारी व्यक्तिकाे सहभागीतामा निर्णय प्रक्रियाहरुलार्इ अगाडी बढाउन अपिल गर्दछाै ।”

हेर्नुहाेस् विज्ञप्ती

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार