• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

शक्ति बस्नेतले भने ‘एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुपर्छ, नत्र यस्ताे हुन्छ’ ?


फागुन ५, काठमाण्डौं ।

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै हुनुपर्ने बताएका छन् ।

एकीकृत पार्टीको अध्यक्षमा प्रचण्ड हुनुपर्ने अडानमा आफूहरु रहेको भन्दै नेता वस्नेतले एकीकृत पार्टीको अध्यक्षमा सहमति जुट्न नसकेको बताएका छन् । अन्य विषयले गर्दापनि पार्टी एकता प्रक्रिया लम्बिएको बताए उनले थपेकाे छन् । पार्टी एकताको विषयमा शीर्ष नेताहरुबीच निरन्तर छलफल चलिरहेको बताउँदै नेता बसनेतले प्याकेजमै सहमति गरेर एकता गर्ने तयारी भएको जानकारी दिए ।

एकतालाई सामान्य खेलाँचीको रुपमा लिन नहुने भन्दै उनले नेता कार्यकर्ताको व्यवस्थापन, संगठन निर्माण, नीति र विचार लगायतका सबै कुरा मिलाएर मात्रै एकता हुने बताए ।

चुनावका लागि बनाइएको वाम गठबन्धनलाई जनताले पार्टी एकता गर्नका लागि अनुमोदन गरेको भन्दै नेता बस्नेतले कुनै हालतमा पार्टी एकतालाई सफल बनाउनु पर्ने बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार