• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा एकजना सडककाे नालामा मृत अवस्थामा भेटिए


फागुण ५, दाङ ।

दाङमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालीका ८ दोघरेमा रहेको भ्याली पेट्रोल पम्म नजिकैकाे सडक नालामा  आज दिउसो १२ वजेतिर मृत अवस्थामा अन्दाजी २० वर्षिय पुरुषको शव फेला परेको हाे ।

मृतकको पहिचान खुल्न नआएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् । प्रहरीका अनुसार मृतकको प्रकृति हेर्दा विरामी वा कुनै औषधी सेवन गरेको हुनसक्ने अनुमान गरीएको छ ।

उक्त शवलाई अहिले अन्चल अस्पताल तुलसीपुरमा राखीएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार