• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

वडा सदस्य जितेर काँग्रसमा प्रबेश गरेकी महिला फेरी माओबादीमा फर्किइन्


सरिता चलाउने
फागुन ५, सल्यान
सल्यानमा एक गाउँ कार्यपालीका सदस्य पुनह माओबादीमा फिर्ता भएकी छन ।

छत्रेश्वरी गाउँपालीका २ की कार्यपालीका सदस्य शुसिला विक माओबादीमा फिर्ता भएकी हुन । स्थानीय तहको निर्बाचनमा नेकपा माओबादी केन्द्र बाट दलित महिला सद्स्यमा निर्बाचित भएर कार्यपालीका सदस्य भैसके पछि उनि भखर मात्र नेपाली कांग्रेसमा प्रबेस गरेकी थिईन । आज एक प्रेस बिज्ञप्ती जारी गर्दै पुनह माओबादीमा फर्किएकी हुन ।

“राजतिक कम्जोरीको फाईदा उठाउदै बिभिन्न प्रकारका प्रलोभन जाल झेल सडयन्त्र गरी मेरो ब्यक्रिगत र राजनितिक जीबन समाप्त गर्ने उदेश्य सहित नेपाली कांग्रेसमा प्रबेश गर्ने बाताबरण सृजना गरेकोले मलाई नेपाली कांग्रेसमा प्रबेश गराईयो”- शुसिला बिकले गरेको हस्ताक्षरी बिज्ञप्तीमा भनिएको छ ।

आफ्नो बर्ग प्रति मतदाताहरुलाई आफुले गरेको गम्भिर पश्चाताप गर्दै महान पार्टी र मतदान गरी बिजय गराउने मतदातालाई उच्च समान गर्दे आफु पुन नेकपा माओबादी केन्द्रमा फर्केको बिज्ञप्तीमा जनाईएको छ । साथै आफुले गल्ति फेरि नदो¥याउने गरी आत्माआलोचीत हुदै आफ्नै बर्ग र पार्टीमा फर्केको ब्याहोरा प्रेस बिज्ञप्ती मार्फत बताईएको छ ।

हेर्नुहाेस् विज्ञप्ती

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार