• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

सल्यानमा तरकारीकाे बिउ बेचेर २ करोड बढीको आम्दानी


मिना बुढाथोकी
फागुन ५, सल्यान ।
सल्यानमा उत्पादन भएको तरकारीको बिउ बेचेर २ करोड बढीको आम्दानी भएको छ ।

गत आर्थिक वर्ष २०७३/७४ मुला, रायोको साग, केराउ, सुईचार्डको बिउ बेचेर स्थानीय किसानले दुई करोड बढी रकम आम्दनी गरेको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ । किसानले उत्पादन गरेको तरकारीको बिउबाट २ करोड ३८ लाख ५५ हजार ५ सय रुपियाँ आम्दानी भएको जिल्ला क्रिषि विकास कार्यालयका योजनाअधिकृत पृथ्वीराज लामिछानेले जानकारी दिए । उनले गतवर्ष सबै भन्दा बढी रायोको बिउबाट १ करोड ९८ लाख, मुलाको बिउ बेचेर २२ लाख ५० हजार, केराउको बिउ बेचेर १७लाख र स्वीचार्ड को बिउबाट १ लाख ५० हजार ५ सय रुपैँया आम्दानी भएको उनले बताए ।

सल्यानको शारदा नदिको किनारका बस्तीमा गरिने तरकारी बिउ उत्पादनलाई अझै व्यवस्थितगर्न सके थपआम्दानी बढ्न सक्ने लामिछानेको भनाई छ ।

संकेतिक तस्विर फाइल

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार