चर्चित भारतीय ब्याण्ड ‘ सनम ‘ नेपाल आउदै


फाल्गुन ५ , काठमाण्डाैँ ।

चर्चित भारतीय ब्याण्ड ‘ सनम ‘ नेपाल आउने भएको छ । ‘ सनम लाईभ इन नेपाल ‘ नामक कार्यक्रममा आफ्ना प्रस्तुतिहरु दिन ‘ सनम ‘ ब्याण्ड यही फाल्गुन १९ गते ( शनिबार ) नेपाल आउन लागेको हो ।

गुलाबी आखे, लगाजा गले, तुझ्से नाराज नही जिन्दगी जस्ता चर्चित बलिवुड नम्बरहरुको कभर सङ्गले चर्यामा आएको र युट्युबमा ३५ लाख भन्दा बढी सब्स्क्राइबर कमाईसकेको ‘ सनम ‘ ब्याण्ड पहिले पटक नेपाल आउन लागेको हो ।

काठमान्डूको जाउलाखेल मैदानमा हुनगैरहेको सो कार्यक्रममा ‘ सनम ‘ ब्याण्ड संगै नेपालका चर्चित र्यापर आशिष राना ( लाउरे ) , गायक स्वप्न सुमन लागायतले पनि आफ्ना प्रस्तुतीहरु राख्ने आयोजक प्याराडोक्स सिटी इन्कले जनाएको छ ।

कार्यकम हेर्नका लागी दर्शकहरुको सुबिधालाई ध्यानमा राखी एक हजार पाँच सय, तिन हजार र पाँच हजार रुपैयाँको छुट्टा छुट्टै टिकटको ब्यबस्था गरिएको प्याराडोक्स सिटी इन्कका फाउण्डर सुप्रिया श्रेष्ठले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार