• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा जनप्रतिनिधी र कर्मचारिको विचमा रोचक प्रतिष्पर्धा हुने


शंकर के सी,
फागुन ५, दाङ ।

दाङको शान्तिनगरमा प्रजातन्त्र दिवसको अवसरमा जनप्रतिनिधी र कर्मचारिको विचमा रोचक खेल र दोहोरी प्रतियोगिता हुने भएको छ । ६८ औँ प्रजातन्त्रको अवसरमा शान्तिनगर गाउँपालिकाले अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता र प्रतिष्पर्धात्मक कार्यक्रम गर्ने भएको हो ।

प्रतियोगितामा शान्तिनगर गाउँपालिका भित्रका इन्छुक व्यक्ति वा समूहले भाग लिनका लागी ६ गते आइतबार सम्म सम्पर्क गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसीले जनाएका छन् । उनका लनुसार ७ गते प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।

जनप्रतिनिधी र कर्मचारिको विचमा लोकदोहोरि प्रतियोगिता राखिएको र जीत्नेलाइ ५००० रुपैया पुरस्कार प्रदान गरिने उनले जनाए । यस्तै जनप्रतिनिधी र कर्मचारिको विचमा फुटबल प्रतियोगीता राखिएको छ । जीत हात पार्ने समूहले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

भलिवल प्रतियोगितामा १० हजार, ७ हजार र ५ हजार पुरस्कार राखिएको छ भने फुटबल प्रतियोगितामा १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार राखिएको छ । यस्तै सटफुट प्रतियोगितामा ३ हजार, २ हजार र १ हजार, लोक दोहोरि प्रतियोगितामा ६ हजार, ४ हजार र २ हजार पुरस्कार राखिएको छ ।

मावि स्तरिय हाजिरि जवलाफ प्रतियोगिता, आधारभुत विद्यालय स्तरिय नृत्य प्रतियोगिता पनि राखिएको प्रमुख प्रशसकिय अधिकृत केसीले बताए । यी दुबै प्रतियोगितामा बराबर पुरस्कार अर्थात ५ हजार, ३ हजार, १ हजार प्रदान गरिने छ । सितेरियो कराते शो गेम पनि हुने छ । जसमा उत्कृष्ट हुनेलाइ ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

शान्ति नगरमा खेलकुद र खेलमैत्री पर्यटनको बिकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गरि अनुशाशीत, सक्षम , सबल र स्वस्थ नागरिक उत्पादन गर्ने लक्ष्य राखिएको शान्तिनगर गाउँ पालिकाले बताएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार