• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा डेढ लाखकाे अवैध काठ प्रहरीले बरामद गर्याे, तस्करले छाडेर भागे


शंकर के सी,
माघ ५, सल्यान ।
पश्चिम दाङको शान्तिनगरबाट प्रहरीले सालको काठ बरामद गरेको छ ।

प्रहरी चौकी चिराघाटले शान्तिनगर १ बाट २८ दशमलव ९८ क्विफुट सालको कडि बरामद गरेको हो । उक्त काठको बजार मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । विहिबार बरामद गरिएको काठ आज सार्वजनिक गर्दै जिल्ला वन कार्यालय दाङको जिम्मा लगाइएको प्रहरी चौकी चिराघाटका इन्चार्ज भरतनाथ योगीले जानकारी दिए ।

पश्चिम दाङबाट काठ तस्करहरुले ठूलो परिमाणमा काठ तस्कर गरेर प्रशासनलाई झुक्याउदै बेच्ने गरेका छन् । प्रशासनलाई छलेर लैजान लागेको उक्त सालको काठ प्रहरी आउन लागेको सूचना पाउना साथ तस्करले छाडेर भागेका जिल्ला वन कार्यालयले जनाएको छ ।

आज चिराघाट रेन्जपोष्टका वन रक्षक पञ्चाराम ओलि मार्फत जिल्ला वन कार्यालयलाई बरामद गरिएको काठ जिम्मा लगाइएको इन्चार्ज योगीले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार