फागुन ६, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरसफाई मर्मत सम्भार गरेर चिरिच्याट पारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका छन्।
दिउँसो ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै प्रधानमन्त्री निवास छाेडेका थिए।
ओली मुलुककाे ४१ औँ प्रधानमन्त्रीको रुपमा बिहीबार राष्ट्रपतिबाट नियुक्त भएका थिए। उनी एमालेबाट दुई पटक प्रधानमन्त्री बन्ने पहिलो नेता हुन्।