फागुन ६, दाङ ।
दाङमा मृत अवस्थामा भेटिएका एक व्यक्तिकाे शव अझै सनाखत हुन सकेकाे छन् ।
तुलसीपुर उपमहानगरपालीका- ८ दोघरे सडक खण्डमा हिजाे फेला परेकाे अन्दाजी १९/२० वर्षिय पुरुषको अझै सनाखत हुन नसकेकाे प्रहरीले बताएकाे छ । नाम थर वतन खुल्न नआएको पुरुष मृत अवस्थामा फेला परेको भन्ने सुचना पाएपछि प्रहरी त्यहाँ पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले बताए ।
उनका अनुसार शरिरमा हरियो रंगको जिन्स पाईन्ट लगाएको माथिल्लो शरिरमा खरानी कलरको भेष्ट लगाएको खुट्टामा बाटा कम्पनीकाे सादा चप्पल लगाएको, कालो झोला बोकेको झोलामा खाकि रंगको पाईन्ट, तौलिया जस्तै देखीने रुमाल सेतो धर्का भएको सर्ट राखेको पाईएको छ ।
उक्त शवलाई प्रहरीले मुचुल्का गरेर पोष्टमार्टमका लागी राप्ती अञ्चल अस्पतालको शब गृहमा राखिएको जनाएकाो छ ।
यस अघिकाे याे पनिः दाङमा एकजना सडककाे नालामा मृत अवस्थामा भेटिए