• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

ओलीकै निर्देशनमा नेकपाका नेताहरु प्रकाउ, रिहा नगरे गाउँगाउँबाट एमालेका नेता लखेट्ने चेतावनी


फागुन ६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई प्रहरीले गिरफ्तार गरेको छ । सुदर्शनसहित पोलिट्ब्यूरो सदस्य पदम सँगै ७ जनालाई गिरफ्तार गरिएकाे छ ।

आइतबार विराटनगरमा पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयम सेवकको राष्ट्रिय सम्मेलनकाे  उद्घाटन गर्न विराटनगर जाँदै गर्दा बाटोबाटै प्रहरीले नेताहरुलाई गिरफ्तार गरेको हो उनिहरुलार्इ बिराटनगरकोको राजवंशी चोकबाट उनिहरूलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय माेरङका एसपी अरुन कुमार जिसीले माथिकाे अादेशमा सेधपुछका लागी नियन्त्रनमा लिएकाे सुर्इकार गरेका छन् ।

प्रहरीले पक्राउ गरेपछि  नेपाल कम्युनिस्ट पार्टीले  गिरफ्ताप्रति कडा आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे गाउँगाउँबाट एमालेका नेता–कार्यकर्ता लखेट्ने नेकपाले चेतावनी दिएको छ ।

पार्टी प्रबक्ता प्रकाण्डले शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि प्रहरी प्रशासनले गरेको हस्तक्षेपको विरोध गरेका छन् । “शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप, दमन र घेराबन्दीले पार्टीलाई आक्रोशीत बनाएको छ । यस्तो हर्कत जारी राखे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार आफैले हुनुपर्ने छ”-प्रवक्ता प्रकाण्डले भने ।

उनले सरकारलार्इ गिरफ्तार नेताहरुको तत्काल रिहा गरेर तत्कार यस्ताे हर्कत बन्द गर्न समेत चेतावनी दिएका छन् ।  

प्रहरीले नेकपा उच्च तहका नेतालाई गिरफ्तार गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार