• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानले पायाे मन्त्री


लेकाली अनलाइन
फागुन ६, सल्यान ।

मुख्यमन्त्रीकाे दावि गरेका प्रदेश सांसद प्रकाश ज्वालाले अन्ततः प्रदेश नम्बर ६ काे  आर्थिक मामिला तथा योजना मन्त्रालय समाल्ने भएका छन् ।

प्रदेश ६ मा वाम गठबन्धनका दल एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा सहमति भएपछि सल्यान क्षेत्र नम्बर २ बाट जितेका सांसद ज्वालाले  आर्थिक मामिला तथा योजना मन्त्रालयपाउने सहमती भएकाे छ । आज नै मन्त्रीहरुको शपथ कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै एमाले बाटै हुम्लाका दलबहादुर रावलले सामाजिक विकास मन्त्रालय, सुर्खेतका खड्कबहादुर खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन् ।

उता माओवादीका केन्द्रबाट  जुम्लाबाट निर्वाचित प्रदेश सभाका सांसद नरेश भण्डारीले आन्तरिक मामिला तथा कानुन  मन्त्रालय र रुकुमबाट विजयी सांसद विमला केसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार