• २०७७ कार्तिक ७ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा हुने प्रथम प्रदेश स्तरी क्रिकेटको तयारी पुरा, साेमबार सल्यान र रूकुमकाे प्रतिस्पर्धा


फागुन ६, सल्यान
सल्यानमा भोलीबाट हुने प्रथम प्रदेश स्तरीय त्रिकोणात्मक टि २० क्रिकेट प्रतियोगीताको तयारी पुरा भएको छ

परिवर्तन युवा कल्व, गोलो युवा कल्व र शारदा युवा कल्वको आयोजनामा त्रिकोनात्मक टि २० क्रिकेट प्रतियोगीता हुन लागको हो ।

टि २० क्रिकेट प्रतियोगीतामा सल्यान, रुकुम र जाजरकोट गरी ३ जिल्लाका खेलाडीको प्रतिस्पर्धा हुदैछन । भोली हुने प्रतियोगितामा सल्यान र रूकुम भिड्ने सल्यान क्रिकेट संघका अध्यक्ष सविन हमाल बताए ।
प्रतियोगीतामा बिजेताले मेडल, प्रमाण पत्र र ट्रफि प्राप्त गर्ने छन ।

देश नम्बर ६ मै राम्रो सम्भावना बोकेको ३ जिल्लाको समिलित त्रिकोणात्मक प्रतियोगीताले समग्र प्रदेशको प्रतिनिधित्व गर्दै क्रिकेट प्रतियोगीता सफल हुने क्रिकेट संघ सल्याने जनाएको छ ।

जिल्लामा क्रिकेटको विकास र खेलकुद क्षेत्रमा पनि अग्रसरता प्रदान गर्ने उदेश्यले खेलकुद प्रतियोगीतको आयोजना गरिएको परिवर्तन युवा कल्बका अध्यक्ष जतिन राईले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार