• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

सल्यानः मासु पसलले दैनिकी फेरीयाे


भिम ब. परियार
फागुन ६, सल्यान ।
सल्यान जिल्ला शारदा नगरपालिकावडा नं. ६ कजेरी बाहुनचौर निवासी बर्ष ३५ की कमला नेपालीको कुनै बेला पारिवारिक आर्थिक अबस्था कम्जोर थियाे । उनिमा गरिवीका कारण आफ्नो पारिवारिक  दैनिक गुजार धेरै समस्या थियो ।

आफ्ना बाल बालबालिकाको शैक्षिक सुधार कसरी गर्ने भन्ने कुरामा कुनै बिकल्प नराखेकी कमला आर्थिक अभावमा सधै झेली रहिन् । पर्खेउली पेशा छाडेर श्रीमान बिदेश पठाएर  चर्को व्याजमा लिएकाे पैसा साहुलार्इ  तिर्न  मात्र ठिक्क भयाे ।  ७ जनाको परिवारलाई पाल्नकाे लागी सधै झनझन र  कठिन बन्दै गयाे उनिकाे दैनिकी । साहुको ऋणले परिवार थिलो फिलो पर्न थाल्यो ।  परिवार को आर्थिक  अबस्था खस्केपछि परिवार नै इन्डिया जानु बाहे अन्य विकल्प नभएको उनले अहिले बताउछिन्  ।

तर कोही नहुनेका्े भगवान हुन्छ भनेझै  उनकाे लागी पनि दलित सेवा सघ सल्यान भगवान सावित भयो । दलित सेवा सघ सल्यानको आयोजनामा सञ्चालित विभेदी करणमा परेका समुदायको जिवीको पार्जन सुधार परियोजना अन्तरगत गठित दलित एकता महिला समुहमा उनि सदस्य भई नियमीत बचत र लगानी गरेसगै  अहिले उनकाे दैनिकी सुधार भएकाे छ ।  समुहमा सक्रिय रुपमा सहभागी हुदाँ दलित सेवा सघ सल्यानको बारेमा र परियोजनाको बारेमा बुझ्रदै गर्दा जिवीको पार्जनको लागी दलित सेवा सघ सल्यान बाट केही सिप बिकास कार्यमा सहयोग हुने थाहा पाएपछि मासुल पसल राख्ने सोचले त्यस सम्बन्धीत तालिम पाइन्  ।

दलित सेवा सघ बाट १३ हजार रकम र आफ्नो आठ हजार रकम गरी कुल जम्मा २१ हजार बाट मासुपसल  गरेकी कमलाको  १५ दिनमा  नै  दैनिकी परिवर्तन भएकाे छ । कमलाले १५ दिनको पैतालिस हजार आम्दानी गरेपछि  परिवारमा खुसी छाउनुका साथै  दैनिकी पनि अहिले  सहजबन्दै गएकाे छ । पारिवारिक समाजिक परिवर्तन गर्नको लागी दलितका पेशा तथा ब्यबसायलाई  जिवीको पार्जन सग जोडियर सञ्चालन गर्न सके मात्र हाम्रो  जिवनशैलीमा सकारात्मक सुधार ल्याउन  सकिने उनले बताएकी छन् ।

तर उनिमा भने एउटा गुनासाे छ । उनि भन्छिन-‘समाजिक बिभेद झेल्दै आएका हामी दलितको पसलबाट मासुको कारोबारो गर्दा नछुहिने तर हामिलाई किन अछुत भन्छन। ‘

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार